थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ७ सय ३० पुग्यो
खबर एक्सप्रेस
२०७७-०८-३० ०४:२७ मा प्रकाशित
Total Shares: 346
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल कोरोना संक्रमित मृतकको संख्या १७३० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्।
आज १९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस