नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि, १६ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-१९ ०४:२५ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २७२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २१ हजार ८४७ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस