सन् २०२२ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक
खबर एक्सप्रेस
२०७६-०५-१८ ११:०० मा प्रकाशित
Total Shares: 744
काठमाडौं - सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।
यो लोगोले कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने देखाउँछ । लोगोमा मिडिल इस्टको मरुभूमिका साथै आठवटा देशलाई समेटेको छ । यसका साथै विश्वकप हुने आठवटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ ।
यसका साथै लोगोले विश्वकपको लेगेसीलाई पनि समेटेको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस