शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
खबर एक्सप्रेस
२०८१-१२-२३ १०:०१ मा प्रकाशित
Total Shares: 218
काठमाडौं-नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ।
सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस