विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८१-११-१६ ०३:१० मा प्रकाशित
Total Shares: 117
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल(जापान फ्रेन्डसिप समिट(२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताए । उहाँले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रवल इच्छा र सक्रिय प्रयास रहेको बताए । उनले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस