आईपीएल: मुम्बई र पन्जाबबीच प्रतिस्पर्धा हुँदै
खबर एक्सप्रेस
२०७७-०६-१५ ०२:२६ मा प्रकाशित
Total Shares: 926
काठमाडौं - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविक विजेता मुम्बई र पन्जाब दोस्रो जितको खोजीमा छन् ।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले ३ खेल खेल्दा १ मा जित र २ मा हार व्यहोरेको छ । यस्तै, केएल राहुल नेतृत्वको पन्जाबले पनि समान खेलमा १ मा मात्र जित हात पारेको छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिनेछ । दुई टोलीबीचको पछिल्लो पाँच भेटमा भने मुम्बई बलियो देखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस