सरकारको दोहोरो चरित्र सह्य नहुने विप्लवको चेतावनी
खबर एक्सप्रेस
२०८०-०९-११ १२:२७ मा प्रकाशित
Total Shares: 79
काठमाडौं-नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन्।
आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरू भएको बताए।
चन्दलाई अदालतबाट पक्राउ पूर्जी जारी गरिएको छ। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए। नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताए।
फेसबुक पेज Like गर्नुहोस