सर्लाहीको बरहथवामा फेरि कर्फ्यू जारी
काठमाडौं - सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक विज्ञप्ती जारी गर्दै बरहथवा नगरपालिकाको पूर्वमा ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् ।
गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गर्दै प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस