सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-२२ ११:२० मा प्रकाशित
Total Shares: 272
काठमाडौं - सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सर्लाहीको रामनगर गाउँपालिका– २ बस्ने रामएकबाल राय यादवको दुर्घटनामा परेर मृत्यु भएको हो ।
यादवले चलाएको भारतीय नम्बर प्लेटको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका– ४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस