काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५८ हजार ४४१ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय १७ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।