शालिकराम आत्महत्या प्रकरण : अदालतमा बयान सकिएन, रविसहित ३ जना हिरासतमै रहने
काठमाडौं – पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरूत्साहन गरेको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना आइतवार (आज) पनि हिरासतमै रहने भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी लामिछाने र युवराज कंडेल तथा नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध आइतवार नै आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।
अदालतमा आइतवार अस्मिताको बयान सकिएको छ । रवि र युवराजको बयान नसकिएकाले तीनै जना आजपनि हिरासतमै रहने भएका छन् ।
अदालतले दुईपटक गरी दिएको १० दिनको समय हिजो शनिवार नै सकिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पत्रकार पुडासैनीको मोबाइलमा भेटिएको भिडियोमा लामिछाने, कंडेल र कार्कीले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस