काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन्।
पार्टी सचिवालयका अनुसार उनी दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ।
जनकपुर पुगेपछि प्रचण्ड महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथि कार्यक्रममा सहभागी हुनेछन्।
त्यसपछि उनी जनकपुरधाम फर्केर मधेश प्रदेशका पार्टी नेताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछन्। छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्न लागेको नयाँ तीनदलीय गठबन्धन, त्यसको मधेशको राजनीतिमा पर्ने प्रभाव तथा पार्टीको आगामी रणनीतिबारे समीक्षा हुने जनाइएको छ।

.gif)



