काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले 'बालेन' नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
छलफल आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
भेटमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगीहरूले भोगिरहेका समस्या, उत्पादन र निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रको समग्र विकासका विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।

.gif)



