काठमाडौं - बलीउड नायीका करीना कपूरले छोराको तस्वीर सार्वजनिक गरेकी छन् । वुमन्स डे को अवसरमा करीनाले छोरासहितको पहिलो पटक तस्वीर सार्वजनिक गरेकी हुन् । इन्ट्राग्राममा तस्वीर सार्वजनिक गदै करीना लेख्छिन् ‘त्यस्तो केहीँ छैन् जुन महिलाले गर्न सक्दैनन् , ‘हैप्पी वुमन्स डे।’

करीनाले सार्वजनिक गरेको तस्वीर ब्ल्याक एन्ड ह्वाइटमा छ । तस्वीरमा करीनाले छोरालाई अँगालो हालेकी छन् । तर उनले सार्वजनिक गरेको तस्वीरमा छोराको अनुहार भने देखिएको छैन ।

करीनाको यो दास्रो बच्चा हो । करीनाले फेब्रुअरी २१ मा दोस्रो सन्तालाई जन्म दिएकी थिइन् । करीना र सैफ अली खानले छोराको नाम हालसम्म सार्वजनिक गरेका छैनन् । उनीहरुको अर्को छोरा पनि छ । उनीहरुको पहिलो सन्तानको नाम तैमूर हो ।