भैरहवा - रुपन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत् ती महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

ती महिलामा उच्च रक्तचाप, मधुमेह लगायतको समस्यासमेत थियो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा लगिएको थियो तर त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो।

आईसियूमा उपचाररत महिलाको मंगलबार मृत्यु भएको उपचारमा संग्लन एक चिकित्सकले बताए । यो सँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।