काठमाडौं - पूर्वमन्त्री जनार्दन शर्मा र घनश्याम भुसालले शुक्रबार बिहानै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई भेटेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा सक्रिय रहेका दुई नेताले बिहानै विप्लवको हरिसिद्धीस्थित निवासमा पुगेर लामो समयसम्म छलफल गरेका हुन् ।