प्रियंका,आलिया र कट्रिना एउटै फिल्ममा, फिल्मको नाम ‘जी ले जरा’ हुने
काठमाडौं - बलिउडका ३ नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट एकसाथ पर्दामा देखिने भएका छन् ।
फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायिकाहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्र यात्राको क्रममा हुने विभिन्न घटनाहरुलाई समावेश गरेर फरहानले बनाउँदैछन् ।
यो चलचित्रको खबर सार्वजनिक भएसँगै आलिया भट्टको पुरानो एक अन्तरवार्ता पनि सार्वजनिक भएको छ, जसमा उनले फरहानको ‘दिल चाहता है २’मा श्रद्धा कपुर र परिणिती चोपडाको साथमा काम गर्न चाहेको उल्लेख गरेकी छिन् ।
फरहानले आलियाको यो कुरा सुनेपछि नै चलचित्रको कथा बुनेका थिए । यसअघि उनले ‘जिन्दगी ना मिलेगी दोबरा र दिल चाहता है’ लगायतका चलचित्र बनाएका थिए । बलिउडका तिन सर्वाधिक सफल र उच्च फ्यान कमाएका नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकलाई फरक अनुभुती हुने अपेक्षा गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस