प्रधानमन्त्री ओलीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।
प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन्।
उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिने छ। प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुपर्ने आधारहरु प्रस्तुत गरेका छन्। कोभिड नियन्त्रण, विकास निर्माण, शान्ति सुरक्षा, राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार घाटा लगायत आफूले गरेका कामले नै आफूलाई विश्वासको मत नदिनुपर्ने कारण नै नभएको जिकिर गरे।
विश्वासको मत पाउनुपर्ने ओलीको जिकिर
विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लड्नुपर्ने महसुस गर्नुपर्छ। आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्नुहुँदैन। सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै पक्ष सञ्चारमाध्यम राजनीतिक दल संघसंस्था एकजुट भएर यस लडाईमा सामेल होऔ र कोभिड पराजित गर्ने साझा उत्तरदायित्व बहस गर्न सबैमा आग्रह छ।
स्थिरत र स्थायित्वका सवालमा एकताबद्ध भएङ्का छौं । जनताले देख्ने बुझ्ने र अनुभव गर्नेगरी लाग्नुपर्ने हो । तर दुखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौ ।
हाम्रा गतिविधि चिन्त प्रयास ध्यानहरु जे कुरामा केन्द्रीत हुनुपर्थ्यो त्यसमा केन्द्रीत हुन सकेन । सरकारले कोभिड नियन्त्रण विकासमा समाजिक जनजीवन अर्थतन्त्र युन गर्ने प्रयासतिर सरकार लाग्यो । तर अनेक अफ्ठ्यारोको सामना गर्नुपर्यो । मलाई अचम्म लाग्छ । हामी कोभिडविरुद्धको लडामा छद् । कमतिपय अवस्थामा प्रधानमन्त्री र सरकारमाथि हिलो झ्याप्ने । कोभिड खोप खरीदमा भ्रष्टाचारमा नभएको कनेक्सनमा जोडेर अनुचित काम भयो ।भ्याक्सिन अभाव छ । मारामार भइरहेको छ । भारतपछि पहिलो देश हो खोप लगाउने । एटा पनि पीसीआर नभएकोमा अहिले ८६ स्थानमा छ ।
कोभिड विरुद्धको लडाइको सन्दर्भमा सरकार सम्पूर्ण ध्यान केन्द्रीत गरेर लागेको छ । भेन्टिलेटर आइसीयू अक्सिन सिलिण्डर, भ्याक्सिन मगाउनेदेखि सबै कामहरु भइरहेको छ ।
कोभिडको यस्तो महामारीमा जीवन रक्षा पहिलो प्राथमिकता हो । साझा समस्याका बेला पनि कसैले भ्रष्टाचार गरेको छ भने क्षमय हुँदैन। छानविन हुन्छ । पुष्टि भए कारवाही हुन्छ ।
रअका प्रमुखसँग भेटेको र सम्झौतापत्रमा हस्ताक्षर गरेको पत्रबारे पनि आक्रोश पोखे । अनअफिसियल डुकमेन्टमा कसरी हस्ताक्षर हुन्छ? यति सारो कीर्ते काममा संलग्न नहुन आग्रह । राष्ट्रिय र जनताको हितलाई छोडेर तलमाथि गर्दैन र गर्न दिँदैन ।यस्तो अवस्थामा पनि मैले विश्वासको मत लिन आवश्यक ठानेको छु ।
सार्वभौम जनताको परीक्षाको यो घडीमा विचारको आग्रह आफ्ना स्वार्थबाट निर्देशित भएर होइन म कहाँ आवद्ध र सम्वता कहाँ भने र होइन । सत्यलाई पछ्याएर निर्णय गर्ने अवस्था छ । गर्नुपर्छ । यदि हामीले सच्चाइलाई प५याउँछौं भने । वर्तमान सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने होइन । राष्ट्रियका हिसाबले एउटा अग्निपरीक्षा होइन राष्ट्रियको सन्दर्भमा भौगलिक अखण्डता रक्षा स्वाधिनता, राष्ट्रिय हितलाई सर्वोपरी राखेर व्यवहार गर्ने सम्बन्धमा र राष्ट्रिष सवाभिमान माथि उठाउने सम्बन्धमा वर्तमान सरकारले कुनै कसर नराखेको कुरा तथ्य भनदा माथि तर्क भन्दा माथि र तर्क गर्न पर्दैन तथ्य आफै बोल्छ । हामीले प्राप्त गरेका उपलब्धी आफै बोल्छ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा खेलेको भूमिका यी सबै हिसाबले हेर्ने हो भने सुनिन देखिन थालेको देश स्थापित भएको छ । हाम्रा कामहरु आफै बोल्छन् । राष्ट्रियताको पक्षमा स्पष्ट सुदृढि र व्यवहारिक र उपलब्धीपूर्वक अगाडि बढेको उसरकारलाई विश्वासक गर्नु नपर्ने कुनै कारण छैन ।
हामी आइडियोलोजी र संलग्नतालाई महत्व दिन्छौं भने बेग्लै कुरा हो । नत्र अविश्वास गर्नुपर्ने वा विश्वास गर्न नसकिने कारण छैन।
सुशासन शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधानको समस्याहरुलाई समाधान गरेर अगाडि बढेको छ । त्यसअनुसार यस सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन।
संविधान परिमार्जन हुँदै जान्छ । संविधान कार्यान्वयनको प्राप्त अनुभवका आधारमा आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ । सरकार सबै पक्षसँग छलफल गर्ने कुरा, मस्यौदा गर्ने कुरा, अध्ययनका लागि कार्यदल पनि बनाउन सकिछ । सुझावबाट आएका कुरा समेटेर संशोधन गर्न सकिछ । संविधान असंशोधनीय दस्तावेज होइन । गरिन्छ । सकिन्छ ।
अब कसैले विखण्डनको विभाजनको राजनीति बोक्दैन । राष्ट्रियता भौगलिक अखण्डताका विषयमा अब कुनै विवाद छैन । पृथकतवादी धारालाई मूल धारामा ल्यायौ । आफ्नो राजनीति उद्देशय र माग आकांक्षा पूरा गर्नका लागि हिंसलाँ२ माध्यम बनाउनुपर्छ भन्ने सोच परिवर्तथन भएका छन् । सरकारले मार्ग परिवर्तन गरयो । शान्तिको मूल मार्गमा ल्यायो । यस्तो सफलता सरकारले प्राप्त गरयो । यो उपलब्धी होइन ?
राजमार्ग बाटोघाटो सुरुङमार्ग, डिजिटल म्यापिङ थुप्रै कामहरु यस्ता भएका छन् जहाँ विकासमा प्रविधि जोडिएको छ । डिजिटल नेपाल बनाउने अठोटलाई प्राप्त गर्ने कोसिस गरिएको छ । फोरजी प्रयोग, फाइजीको तयारी छ । मोबाइलमा मेरो कित्ता भनेर मोबाइलमा आफ्नो जमिन कहाँनेर छ भनेर हेर्न सकिन्छ । कुनै कर तिर्न परयो भने कार्यलय अड्डा धाइरहनुपर्दैन । घरै बसेर गर्न सकिन्छ । त्यसरी प्रविधि प्रयोग गरिरहेको आधुनिक देशका रुपमा अगाडि बढायौं ।
मेलम्ची आयो । अहिलेको सरकारले विशेष तीव्रता दियो । काठमाडौंमा १७ करोड लिटर पानी ल्याइयो । अरु १७/१७ करोड ल्याइँदैछ। त्यसपछि काठमाडौंमा कही पानी अभाव हुँदैन।
पुनर्निर्माणको काम प्राथमिकताका साथ गरेको छ । धरहरा निर्माण भएको छ । राजीपोखरी दरबार हाइस्कुल, भत्कएको बसन्तपुरको दृश्य फरक भएको छ । सिंहदरवारको प्रबलीकरण । हामीले अरु निर्माण कार्यत्यसरी अगाडि बढाका छौं । अस्पताल विद्यालय पुरातात्विक महत्वका वर्षमा १० किलोमिटर बाटो बन्ने ठाउँमा दिनमा ६ किलोमिटर बाटो बनिरहेको छ । यो रफ्तार तीव्रता आजको सरकारले गरेको छ । तराईमा सुनकोशी बगिरहेको थियो । अहिले सुनकोशी मरिन डाइभर्सनलाई बागमतीमा जोडेर सिँचाई गर्नेगरी काम अघि बढेको छ ।
नयाँ १२ वटा स्मार्ट सिटीका रुपमा विकसित हुँदैछ । उद्योगहरुलाई कसरी सुरक्षित लैजाने व्यवहार असन्तुलन न्युनिकरण गर्दै लगिएको छ । सन्तुलनतर्फको बाटो समातेका छौ । शिक्षा स्वास्थय बालबालिका विकासको सम्बन्धमा सरकारले गम्भीरताका साथ हेरेको छ । उच्च शिक्षा विश्वविद्यालय अनुसन्धानमुख् व्यवहारमुखी आधुनिक शिक्षा । कृषि क्षेत्रमा उत्पादिन वृद्धि । धानमा ९ प्रतिशत मकैमा ६ प्रतिशत माछा मासु अण्डामा आत्मनिर्भर । अस्पतालहरु यति धेरै भनेका छन् । जनशक्तिको व्यवस्थापन पनि भइरहेको छ ।
त्यसकारण हरेक क्षेत्रमा सुधार भइरहेको छ । समृद्ध नेपाल सुखी नेपाली । सबै व्यवसायका रोजगारीका अवसरहरुमा सिर्जना भएका छन् ।
राजनीतिलाई स्वार्थको दुनो सोझ्याउने अर्थमा मात्रै बुझदैछौ कि देश बनाउने बुझ्दैछौं ? देश निर्माणको हिसाबले बुझौं । बनाए पनि जस नदिने नबनाए त झन असजस भइहाल्यो ।
माननीयहरुले हुन्न भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ ? बाहिरबाट आउँदासम्म भेट पनि भएन । फोन पनि गर्दैन प्रधानमन्त्री भन्ने रिस पनि थियो कि । म काममै नलागेर नभ्याएको हो । मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । यहीँ सदनले निर्वाचतित गरेको हो । यही सदनको बलले ३ वर्ष काम गरे । फेरि पनि रहन्छु भन्ने आशा छ ।
पुनर्स्थापना भएपछि बाहिर बाहिर बोल्यो सदनमा आयो भन्ने सुनियो । बाहिर बाहिर भन्नु एउटा कुरा । तर ममाथि कसैले अविश्वास त गरेन । पार्टी अलग हुँदा पनि समर्थन फिर्ता लिनुभएन । कति सुदृढ समर्थन रहेछ । दुई दिन भएको छैन समर्थन फिर्ता लिएको । आज दिए भइगयो ।
फेसबुक पेज Like गर्नुहोस