पुरानो बसपार्कमा सवारीमा चढ्ने र ओर्लने सुविधा
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशन अनुसार सो व्यवस्था (आज) सोमबारदेखि सुरु गरिएको हो ।
महाशाखाले उक्त पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ’ लेखिएको बोर्ड पनि राखेको छ । ‘फरक क्षमता भएकाहरुको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौँ’, एसएसपी जोशीले भने ।
ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस