प्रधानन्यायाधीश जबराको आह्वान-‘विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं’
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसियसनलाई संवादका लागि आह्वान गरेका छन् ।
बारले निरन्तर दुई सातादेखि आन्दोलन जारी राखेकाे बेला सोमबार औपचारिकरूपमा प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् ।
‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आव्हान गर्दछु ।’प्रधानन्यायाधीशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीश जबराले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भएर सामना गर्दै आएको स्मरणसमेत गराएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस