यी हुन् स्वास्थ्यमन्त्री तामाङले १९ दिनमा गरेका ४ काम
काठमाडौं - सर्वोच्च अदालतको आदेशसँगै पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने उपलब्धि सार्वजनिक गरेका छन्।
मंगलबार सर्वोच्चको अन्तरिम आदेशले पदमुक्त भएका तामाङले १९ दिनमा ४ वटा उपलब्धि हाँसिल गरेको दाबी गरेका छन्।
कोभिड नियन्त्रणमा इमान्दार प्रयत्न गरेको भन्दै उनले खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको दाबी गरे ।
राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई नभएको उनको भनाई छ ।
यस्ता छन् तामाङका १९ दिने उपलब्धि:-
१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदि पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथिनै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चिततता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको।
फेसबुक पेज Like गर्नुहोस