काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आवमा २ सय सडक पुल निर्माण गरिने पनि घोषणा गरे ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।

अर्को दुई वर्ष भित्र  ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

दू्तमार्गको ४० पुल र ४ सुरुङ द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ ।

कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

झोलुङे पुल निमार्णको लागि ५ अर्ब १५ करोड विनियोजन सरकारले झोलुङे पुल निमार्णको लागि ५ अर्ब १५ करोड विनियोजन गरेको छ ।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री वाग्लेले यस्तो घोषणा गरेका हुन् ।