कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
खबर एक्सप्रेस
२०७९-०९-२७ ०५:२९ मा प्रकाशित
Total Shares: 240
काठमाडौं,सुर्खेत-कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शर्मालाई माओवादी केन्द्र, एमाले, राप्रपा, र नेकपा एस गरी २५ सांसदको समर्थन छ । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् ।
माओवादी पोलिटव्युरो सदस्य रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस