आफ्नै मैदानमा हारबाट जोगियो बार्सिलोना
खबर एक्सप्रेस
२०७७-०९-१५ ०९:२१ मा प्रकाशित
Total Shares: 288
काठमाडौं,एजेन्सी - ला लिगा फुटबलमा बार्सिलोनाले बरारबी खेलेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ईबरसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पहिलो हाफसम्म बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफमा एक-एक गोल गरेका थिए । ५७औं मिनेटमा किकी गार्सियाको गोलबाट एइवरले बार्सिलोनाविरुद्ध अग्रता लिन सफल भएको थियो । त्यसपछि ६७औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । उक्त खेलमा कप्तान लियोनल मेस्सी उपस्थित थिएनन् ।
बराबरीसँगै बार्सिलोना तालिकाको छैटौं स्थानमा छ । बार्सिलोनाले १५ खेलबाट २५ अंक जोडेको छ । ईबर भने १६ अंक सहित तालिकाको १५ औं स्थानमा रह्यो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस