रियल म्याड्रिडका प्रशिक्षक जिदानलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-१०-०९ ०६:०४ मा प्रकाशित
Total Shares: 405
काठमाडाैं,एजेन्सी - स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सका पूर्व खेलाडी जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ। आज (शुक्रबार बिहान) उनलाई कोरोना संक्रमण भएको क्लबले जानकारी दिएको छ।
कोरोना संक्रमण भएपछि उनी अब एकान्तवासमा जानुपर्ने भएको छ। जसका कारण लिगमा शनिबार राति (आइतबार बिहान पौने दुई बजे) अलाभेससँग हुने खेलमा उनी उपस्थित हुने छैनन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस