नेयमार बार्सिलोना फर्कने सम्भावना बलियो
काठमाडौं - पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कने सम्भावना बलियो भएको समिक्षकहरुले बताएका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोनामा अनुबन्धित खेलाडीहरुले अपेक्षित खेल प्रदर्शन गर्न नसकेपछि उनलाई पुनः अनुबन्ध गर्ने तयारी भएको हो ।
पछिल्लो समय बार्सिलोनामा आन्तरिक तनाव बढ्दै गएपछि त्यसको असर खेलमा पनि देखिएको छ । बार्सिलोनाले नेयमारको विकल्पमा अनुबन्ध गरेका खेलाडीहरु फिलिपिन्हो कोटिन्हो बायर्न लोनामा रहेका छन् भने ओउसमाने डेम्बेले पटकपटक घाइते भएका छन् ।
उनी ६ महिनाका लागि मैदानबाहिर रहने पक्का भइसकेको छ । त्यस्तै स्टार खेलाडी स्वारेजले आफ्नो विकल्प खोज्न क्लबलाई आग्रह गरिसकेका छन् । तर, पनि क्लबले उनको विकल्प पाउन सकेको छैन ।
बार्सिलोना अन्सु फातीको भरमा खेल खेलिरहेको समिक्षकहरु बताउँछन् । यस सिजन यस्तै तनावको अवस्था रहे बार्सिलोना उपाधिबिहिन रहने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस