प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी, १५ मिनेटका लागि स्थगित
खबर एक्सप्रेस
२०७८-०५-२३ ०४:२८ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस