काठमाडौं - सरकारले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी ओमानसँग श्रम समझदारी (एमओयू) गर्ने गरी तयारी गरेको छ ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ओमान मानव संसाधन मन्त्रालयबीच नेपालबाट श्रमिक लैजाने विषयमा छिट्टै एमओयू गर्न लागिएको हो । 

मन्त्रालयका अनुसार यसअघि भएको कुराकानीमाम माघ महिनाभित्र दुई देशबीच एमओयू सम्पन्न हुने भनिए पनि ओमानका राजाको मृत्युको कारण शोकले गर्दा केही ढिला भएको छ ।

 गोरखापत्र दैनिकबाट