पतिकै अगाडि पत्नीको बलात्कार, १२ वर्षपछि पक्राउ परे आरोपित
खबर एक्सप्रेस
२०७६-११-०१ ११:०० मा प्रकाशित
Total Shares: 298
काठमाडौं - पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधवार पक्राउ परेका छन् ।
घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वर्षपछि पक्राउ परेको सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार अर्का अभियुक्त दुधियावाला भनिने खटर यादव भने फरार रहेका छन् ।
पीडितले ढिलै भएपनि न्याय पाउने सम्भावना बढेको बताएका छन् । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे,’ पीडित दम्पतीले भने ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस