मोटरसाइकल र कार ठोक्किँदा घाइते सैनिक जवानको मृत्यु
खबर एक्सप्रेस
२०८१-०४-१६ ०१:०९ मा प्रकाशित
Total Shares: 112
काठमाडौं- भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एक सैनिक जवानको मृत्यु भएको छ।नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार सोही गणमा कार्यरत २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् ।
गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस