काठमाडाैं - सुनको भाउ मंगलबार तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । चाँदीको भाउ भने मंगलबार स्थिर रहेको छ ।

चाँदी आज तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी सोमबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।