काठमाडौं - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन्। आइतबार सामाजिक संजालमा एक पोस्ट गर्दै उनले राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन्।

निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उपसभापति खड्काको भनाई छ। 

उपसभापति खड्काले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस्।’