काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार ४२० जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०७-२५ ०४:४८ मा प्रकाशित
Total Shares: 362
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा २ हजार ७ सय ३६ रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस