काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज (साउन २० गते) सुन १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि, गएको वैशाख ९ गतेको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । त्यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा आज सुन १ हजार ९०० रुपैयाँले बढेको हो । सोमबार १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।