काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी अध्यादेश संसद बैठकमा पेस गरेका छन्। 

शुक्रबारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सुरु भएको दोस्रो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरे पनि अर्थमन्त्री शर्माले पेस गरेको आर्थिक अध्यादेश २०७८ लाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ पेस गरेका छन्।  

सभामुख सापकोटाले निर्णयार्थ पेस गरेको बजेट सम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएको घोषणा समेत गरेका छन्। 

तयसअघि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए । एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए ।