मिन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा
खबर एक्सप्रेस
२०७८-०५-१६ ०६:४९ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् ।
उनले आज (बुधबार) निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
वर्तमान विधानको गलत ब्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको उनले उल्लेख गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस