थप एक जना कोरोना संक्रमितको मृत्यु,मृत्यु हुनेकाे संख्या २८ पुग्याे
खबर एक्सप्रेस
२०७७-०३-१३ ०१:०४ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ९ बजे चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी रहेको अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस