काठमाडौं - सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालवहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय परिषदको आज बसेको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो । 

त्यस्तै परिषद बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश चन्द्रवहादुर सारुलाई नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।

परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।