जर्मनीको फराकिलाे जितमा जिनाब्रीको ह्याट्रिक
एजेन्सी - सर्जी जिनाब्रीको ह्याट्रिकको सहयोगमा जर्मनीले युरोकप छनोटमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले पराजित गर्दै फराकिलो जित आत्मसाथ गरेको हो ।
जर्मनीको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । त्यस्तै लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे । नर्दन आयरल्याण्डका लागि माइकल स्मिथले एक गोल गोल गरेका थिए ।
खेलको सुरुवाती अग्रता भने नर्दन आयरल्याण्डले लिएको थियो । माइकल स्मिथले खेलको सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
तर सर्जी जिनाब्रीले खेलको १९औँ, ४७ औँ र ६० औा मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै, लियोन गोरेट्जकाले ४३ औँ र ७३ औँ मिनेटमा गोल गरेका थिए । अन्तिम समयमा जुलियन ब्रान्टले एक गोल गर्दै फराकिलो जित दिलाए ।
समूह सीको जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्यो । जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ ।पराजित नर्दन आयरल्याण्ड १३ अंकसहित तेस्रो स्थानमा छ । उसको प्लेअफको सम्भावना बाँकी रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस