नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना पुष्टि, ५ हजार ६९९ जना निको भए
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । क्वारेन्टिनमा भने ६८६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट देशभरका प्रयोगशालामा मात्र ८ हजार ३२ जनाको नमुना परीक्षण गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस