काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै रावलले राजीनामा दिन लागेका हुन् । 

एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजकसमेत रहेका रावलले आइतबार दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा आफूले सांसद पदबाट राजीनामा दिने बताएका थिए । 

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका थिए । रावलले संसद् सचिवालयमा राजीनामा बुझाइसकेका भने छैनन्।