काठमाडौं,पोखरा - पोखरामा थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मृतक ६ जना पोखरा महानगरपालिकाका रहेका छन् भने एक जना तनहुँका रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३८ पुगेको छ ।