कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने
खबर एक्सप्रेस
२०७६-१२-२८ ०१:३१ मा प्रकाशित
Total Shares: 523
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।
कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ ।
सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस