तीन अभियोगसहित रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी
खबर एक्सप्रेस
२०८१-०९-०५ १०:२१ मा प्रकाशित
Total Shares: 145
कास्की - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी भइरहेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज अदालतमा अभियोग पत्र दर्ता गर्न लागेको हो ।
सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय आज सकिँदैछ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको बताइएको छ ।
प्रहरीले रविसहित ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस