काठमाडौं,खोटाङ - खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् ।

आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले हत्याका आरोपी सुवर्णलाई पक्राउ गरेको छ । सुवर्णलाई सोही स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीले घटना सम्बन्धना थप अनुसन्धान गरिरहेको छ ।