काठमाडौं - साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहान स्नान गरी शिवालयमा पूजा र दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको घुइँचो देखिन्छ ।