अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे
खबर एक्सप्रेस
२०८०-०३-१४ ०३:५८ मा प्रकाशित
Total Shares: 126
काठमाडौं-चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् ।
गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् । पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् ।
नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस