काठमाडौं - कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोनाका संक्रमणसँगै खाडी मुलुक कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी प्रतिबन्ध लगाएको हो ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामकालागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले प्रतिबन्ध लगाएको गल्फ टाइम्सले जनाएको छ ।
कतार सरकारले आइतबार एक सुचना जारी गर्दै नेपालसहित १४ देशहरु चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।
कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहानसम्म कतारमा ३ जना आप्रवासी कामदारसहित १५ जना संक्रमित भएका छन् ।कतारमा हाल सरकारी तथ्याङ्क अनुसार हाल कतारमा करिब ४ लाख मानिसले रोजगारी गदै आएका छन् ।
चीनबाट सुरु भई विश्वका १०३ देशमा फैलिएको कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ हजार ८ सय २८ जनाको ज्यान गइसकेको छ।

.gif)


