थप ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-२१ ०४:१२ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ६६६ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ९३ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस