नेपाल आयल निगमको गरिमालाई उच्च बनाएर कार्यकारी निर्देशकबाट बिदा भए पौडेल
काठमाडौं - नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको तीन बर्से कार्यकाल पूरा भएको छ ।
पौडेलले आफ्नो कार्यकालमा उल्लेख्य उपलब्धिहरु हासिल गरि निगमको गरिमा लाई नयाँ उच्चाइमा पुर्याउन सफल भएका छन् । निगममा धेरै कार्यकारी निर्देशकहरु विगतमा बिबादास्पद हुने गरेका थिए भने पौडेल आयल निगममा आएदेखिनै उपभोक्ताको हितमा काम गरेका कारण पौडेलको सधै सकारात्मक चर्चा मात्र भयो ।
उनको कार्यकालमा निगमको सुशासनमा उल्लेख सुधार गर्नका साथै निगम लाई प्राविधि मैत्री बनाएका छन् पौडेल आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरि बिदा भए ।
उनलाई २०७५ पुस २३ मा सरकारले तीन बर्षको लागी नियुक्ति गरेको थियो शुक्रबारदेखि उनको कार्यकाल सकिएको छ अहिले निगममा अर्को व्यवस्था नभएसम्मका लागि निगमको नेतृत्व निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले लिने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस